विप्लवले पूर्वसभामुख महरालाई भेटे « Khabarhub

विप्लवले पूर्वसभामुख महरालाई भेटे


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले संघीय संसदका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् ।

आज बिहान महरालाई भेट्न विप्लव महरानिवास पुगेका थिए । तत्कालिन माओवादीले गरेको १० वर्षे जनआन्दोलनका क्रममा महरा र विप्लव साथी समेत थिए ।

फागुन २१ गते शुक्रवार भूमिगत राजनीतिबाट सार्वजनिक भएसँगै विप्लवले भेटवार्तालाई बढाएका छन् ।

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहमा आउन विप्लवलाई आग्रह गरिरहँदा प्रचण्ड निकट महरालाई भेट्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

आपराधिक गतिविधि बढाएको भन्दै सरकारले २०७५ साल फागुन २८ गते प्रतिवन्ध लगाएको थियो । सरकारसँग वार्ता गर्ने भएसँगै विप्लव समूहमाथिको प्रतिवन्ध समेत फुकुवा गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : ५९ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।