चीलले दिएको ‘साँचो ज्ञान’ « Khabarhub

चीलले दिएको ‘साँचो ज्ञान’


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक पटक एक शिकारीले जिउँदै चील समात्यो । बाटोमा हिँड्दै गर्दा शिकारीसँग चीलले भन्यो— म तिमीलाई दुईवटा कुराको शिक्षा दिन्छु । ध्यान दिएर सुन ।

पहिलो, सोचविचार नगरी कहिल्यै पनि कसैको कुरामाथि विश्वास नगर्नु र दोस्रो, कुनै कुरा हातबाट फुत्क्यो भने त्यसको लागि दुःखी नहुनू ।

अलि पर पुगेपछि चीलले भन्यो— थाहा छ, मेरो पेटमा हीरा छ । तिमीले मलाई यो जालबाट निकाल्यौ भने तिमीलाई म यो दिनेछु ।

चीलको कुरामाथि विश्वास गरेर शिकारीले उसलाई छोडिदियो । शिकारीले हीराको लोभमा चीलको शिक्षा बिर्स्यो । चील शिकारीको जालबाट मुक्त भएर एउटा रुखमाथि हाँगामा बस्यो ।

उसले शिकारीलाई भन्यो, ‘मूर्ख ! तिमीले हीरा विषालु हुन्छ भनेर सोच्नुपर्थ्यो । मेरो पेटमा हीरा भएको भए म मर्दिनँ थिए होला तर तिमीले लोभमा आएर मेरो पहिलो शिक्षा बिर्सियौ ।’

चीलको कुरा सुनेर शिकारी दुःखी भयो । चीलले फेरि थप्यो— मूर्ख ! तिमीले मेरो दोस्रो शिक्षालाई पनि बिर्सियौ ।

यति भनेर चील उड्यो । शिकारीका आँखाले चीललाई टाढासम्म पछ्याइरहे ।

साभारः विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु पुस्तकबाट

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १२ : ५० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु