प्रतिनिधिसभा बैठक सुरु (लाइभ) « Khabarhub

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद पुनःस्थापनापछिको पहिलो प्रतिनिधिसभा बैठक सुरु भएको छ । आज अपराह्न संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको हो ।

संसद सचिवालयका अनुसार आज बैठकमा सभामुखले राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

यसअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने तेस्रो कार्यसूची भएपनि त्यसलाई हटाइएको छ ।

यसबाहेक विभिन्न अध्यादेश पेश हुने सम्भावित कार्यसूची छ । सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।

हेरौँ भिडियो

यस्तो छ कार्यसूची

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : १३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका