कुमारी बैंकको एप प्रयोग गर्दा आइफोन जित्ने मौका « Khabarhub

कुमारी बैंकको एप प्रयोग गर्दा आइफोन जित्ने मौका


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले “डिजिटल च्यालेन्ज” नामक योजना अगाडि सारेको छ ।

यो योजनाअन्तर्गत कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्ने बैंकले जनाएको छ ।‍

यसका साथै ५ जना भाग्यशाली विजेताले साम्सङ ट्याब ए ८.० प्राप्त गर्ने जनाइएको छ ।

“कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्रि” योजनाअन्तर्गत् ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन्, जसअन्तर्गत् ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरूमध्ये एकले आइफोन १२ प्राप्त गर्नेछन्,’ बै‍ंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरूमध्ये ५ भाग्यशाली विजेताले साम्सङ् ट्याब ए ८.० प्राप्त गर्ने अवसर प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् साम्सङ् ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुन सकिनेछ ।

कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंक लिमिटेडमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ ।

बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्मका लागि मात्र लागू गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ४४ बजे

नेप्से परिसूचक २४ अङ्कले ओरालो

काठमाडौं– गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली