चीनबाट युरिया मल आयात « Khabarhub

चीनबाट युरिया मल आयात


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट आज नेपाल भित्रिएको छ ।

सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए ।

नेपाल सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिए ।

झिकाइएका मल क्रमशः आउँदै गरेको र एक हजार २०० मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाडौँ, ८०० मेट्रिक टन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ३१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति