सर्वोच्चको निर्णयपछि आन्तरिक छलफलमा प्रचण्ड–नेपाल समूह « Khabarhub

सर्वोच्चको निर्णयपछि आन्तरिक छलफलमा प्रचण्ड–नेपाल समूह


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा आफूहरु आन्तरिक छलफलमा रहेको र कानूनी परामर्शमा रहेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई निकास दिन आफूहरू लाग्ने समेत बताए ।

त्यस्तै उनले अब केपी ओली सत्तामा रहन नसक्ने तर्क समेत गरे । उनले अब कसरी अघि बढ्ने बारेमा छिटै निष्कर्षमा पुगिने बताए । साथै उनले सरकारले ल्याएको अध्यादेशमा आफूहरूको असहमति रहेको पनि बताए ।

पूर्वप्रधानमन्त्री माधव नेपालले सर्वोच्चको निर्णयपछि केपी ओली प्रधानमन्त्री पदमा रहन नमिल्ने धारणा राखे । उनले तत्कालीन नेकपा एमाले पनि ओलीको नभएर आफूहरूको भएको दाबी गरे ।

सर्वोच्चको निर्णयप्रति आफुहरु छलफलमा रहेको उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : २३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति