मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा विशेष छुट « Khabarhub

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा विशेष छुट


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठस्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

ग्राहकले मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १०% सम्म छुट प्राप्त गर्न बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको बताएको छ । बैंकका अनुसार भिजा नेटवर्कमार्फत जुनसुकै बैंकको एटिएमबाट पनि विना कुनै शुल्क रकम तिर्न सकिनेछ ।

त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने समेत व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : ३६ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा