संस्थालाई बदनाम गराउन खोजिएको भन्दै इस्लामी संघद्वारा आपत्ति प्रकट | Khabarhub Khabarhub

संस्थालाई बदनाम गराउन खोजिएको भन्दै इस्लामी संघद्वारा आपत्ति प्रकट


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इस्लामी संघ नेपालले आफूहरु कुनै पनि गैर कानूनी र आतंकवादी गतिविधिमा संग्लग्न नरहेको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै संघले केही मिडियामा संस्थाको नाम जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाउँदै आफ्नो संस्था नितान्त सामाजिक काममा सक्रिय रहेको जनाएको हो ।

उसले आफूविरुद्ध केही मिडियाहरुमा प्रकाशित समाचार भ्रमपूर्ण रहेको दाबी गरेको हो । केही भारतीय मिडियाले यस संगठनलाई बदनाम गर्ने प्रयास गरिराखेको भन्दै उक्त समाचारहरु भ्रमपूर्ण रहेको संघले दाबी गरेको हो ।

संघले विज्ञप्ति जारी गर्दै आइएचएचसँग सम्बन्धको हवाला दिंदै आतंकवादसित जोडिएको भनेर आफूहरुविरुद्ध निराधार र कपोलकल्पित आरोपहरु लगाइएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

भारतीय केही मिडियाहरुमा आएको समाचारलाई उद्धृत गर्दै नेपाली केही मिडियाहरुले पनि बिना कुनै छानविन र प्रमाणका आधारमा यस्तै आशयको रिपोर्ट प्रकाशित गरेको प्रति संघले खेद प्रकट गरेको छ ।

‘यो एउटा दुष्प्रचार, अत्यन्त गैर जिम्मेवारीपूर्ण, अति निन्दनीय र घोर आपत्तिजनक कार्य हो । एउटा प्रतिष्ठित संस्थामाथि छानविन नै नगरी दुष्प्रचारको भरमा आरोप लगाउनु किमार्थ न्यायोचित होइन’, संघका अध्यक्ष खुर्सिद आलम द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो आचार संहिता विपरीत र पीत पत्रकारिता हो । हामी यसको भत्सर्ना र कडा प्रतिवाद गर्दछौँ ।’

संघले त्यस्ता समाचार पोर्टलहरूले क्षमा याचना माग्दै उक्त रिपोर्टको तत्काल खण्डन प्रकाशित गर्न समेत माग गरेको छ । अन्यथा उनीहरूविरुद्ध कानुनी कारबाही गर्न बाध्य हुने समेत स‌ंघले जनाएको छ ।

संघले समाज कल्याण परिषदबाट स्वकृति लिई देशी विदेशी संघ–संस्थाहरुको सहयोग र सहकार्यमा पारदर्शी ढंगले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आइरहेको जनाएको छ । उसले शंकास्पद अथवा प्रतिबन्धित संस्थाहरुसंग कदापि सहकार्य नगरेको समेत दाबी गरेको छ ।

इस्लामी संघ नेपाल विश्वव्यापी संगठन आइएचएचसँग सहकार्य गरिरहेको छ जसको मुख्यालय टर्कीमा रहेको उसले जनाएको छ । संगठनले विगत २० वर्ष देखि १२३ वटा देशहरुमा मानवीय सेवा कार्य गर्दै आइरहेको जनाएको छ ।

यस्तो छ संघद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : ०१ बजे

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण

चितवन कारागारमा १५० बढी दीर्घरोगी

चितवन– चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ ।

हल्याण्डको सय गोलको कीर्तिमान : बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं – एर्लिङ हल्याण्डले कीर्तिमान कायम राखे पनि म्यानचेस्टर सिटीको

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

काठमाडौं– घरजग्गा कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड

युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको युद्ध विरामको योजनालाई