मलेसियामा गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय बढी श्रमिक पक्राउ « Khabarhub

मलेसियामा गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय बढी श्रमिक पक्राउ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियाको अध्यागमन विभागले गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ ।

अध्यागमनले त्यहाँको पुडु अपार्टमेन्टमा छापा मारेर उनीहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपाल,बंगलादेश र इन्डोनेसियाका रहेका छन् । पक्राउ परेकाहरुसंग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ ।

पक्राउ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैरकानूनी तरिकाले त्यहाँ रहेको बताइएको छ । पक्राउ गरिएकाहरु २० देखि ४० वर्ष उमेर समूहबीचका रहेका विभागले जनाएको छ ।

क्वालालम्पुर अध्यागमन निर्देशक हमीदी आदमका अनुसार जनताबाट गुनासो आएपछि विभागले उक्त अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा पठाइएको निर्देशक हमीदीले बताए । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।

मलेसियाले गैरकानूनी रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई गत डिसेम्बरदेखि नै स्वदेश फर्किने मौका प्रदान गरेको छ ।

मलेसिया सरकारले त्यहाँ गैरकानूनी रुपमा रहेका कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेर स्वदेश फर्काईरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : ५४ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका