मलेसियामा गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय बढी श्रमिक पक्राउ | Khabarhub Khabarhub

मलेसियामा गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय बढी श्रमिक पक्राउ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियाको अध्यागमन विभागले गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ ।

अध्यागमनले त्यहाँको पुडु अपार्टमेन्टमा छापा मारेर उनीहरु पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपाल,बंगलादेश र इन्डोनेसियाका रहेका छन् । पक्राउ परेकाहरुसंग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ ।

पक्राउ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैरकानूनी तरिकाले त्यहाँ रहेको बताइएको छ । पक्राउ गरिएकाहरु २० देखि ४० वर्ष उमेर समूहबीचका रहेका विभागले जनाएको छ ।

क्वालालम्पुर अध्यागमन निर्देशक हमीदी आदमका अनुसार जनताबाट गुनासो आएपछि विभागले उक्त अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरुलाई थप अनुसन्धानका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा पठाइएको निर्देशक हमीदीले बताए । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।

मलेसियाले गैरकानूनी रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई गत डिसेम्बरदेखि नै स्वदेश फर्किने मौका प्रदान गरेको छ ।

मलेसिया सरकारले त्यहाँ गैरकानूनी रुपमा रहेका कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेर स्वदेश फर्काईरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : ५४ बजे

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा