काठमाडौँ– साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले बैठक बोलाएको हो ।
बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए ।
यसैबीच दाहाल-नेपाल पक्षले सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा सोमबार आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।
आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको निर्णयपछि आफूहरु छलफलमा जुटेको भन्दै सोमबार धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।
प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै सोमबार आवश्यक निर्णय गर्ने बताए ।
प्रतिक्रिया