एक प्रेरक प्रसङ्ग ‘साँचो ज्ञान’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘साँचो ज्ञान’


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्त नान इन एक प्रसिद्ध महात्मा थिए । उनी सामु एक विद्वान् धर्मज्ञान प्राप्त गर्ने आकाङ्क्षा लिएर आए । नान इनले उनलाई आदरपूर्वक बसाए, तर धेरै बेरसम्म बोलेनन् ।

चिया तयार भएपछि उनले कितलीबाट कपमा खन्याउन थाले । गिलास भरिएर नपोखिञ्जेलीसम्म उनले चिया कपमा खन्याइरहे ।

यो देखेर ती विद्वानले भने— यो तपाइँले के गरिरहनुभएको ! कप त भरिइसक्यो तर पनि तपाइँ चिया हालिरहनुभएको छ ?

सन्त नान इनले भने— यही कुरा म तपाइँलाई भन्न खोजिरहेको छु । तपाइँमा विद्वात्ता र बाहिरी ज्ञान पूर्ण भरिएको छ । यदि मैले धर्मको बारेमा केही भनेँ भने तपाईंभित्र त्यो जाने छैन । तपाइँका लागि त्यो व्यर्थ हुनेछ । जसरी कपको बाहिरको चिया व्यर्थ बगिरहेको छ । साँचो ज्ञान प्राप्त गर्नका लागि त भित्रबाट खाली हुनुपर्नेछ । पूर्वज्ञानको अहङ्कारबाट जबसम्म मुक्त हुनुनुहुन्न, साँचो ज्ञान हासिल हुँदैन ।

साभार विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ०७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु