सरकारलाई विवेकशील साझा पार्टीको आग्रह– स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सुनिश्चित गर « Khabarhub

सरकारलाई विवेकशील साझा पार्टीको आग्रह– स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सुनिश्चित गर


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशभर पछिल्लो समय वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुगेको छ। काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषणयुक्त शहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको विवेकशील साझा पार्टीले आरोप लगाएको छ ।

नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरे पनि सरकारले ध्यान नपुर्‍याएको विवेकशील साझाले जनाएको छ ।

पार्टीले आज एक विज्ञप्ति जारी गर्दै वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ-धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय गरी सामुदायिक समूहहरूको समेत साथ लिएर सेना र प्रहरीलाई आवश्यक उपकरणसहित डढेलो नियन्त्रणमा अविलम्ब खटाउन विवेकशील साझा पार्टी आग्रह गरेको छ ।

डढेलो नियन्त्रणका लागि अन्य मुलुकले उपयोग गरिआएको हेलिकप्टरबाट रसायन छर्किनेसहितका प्रविधिको उपयोगबारे पनि तत्काल तयारी अघि बढाउन पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : २९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि