गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा | Khabarhub Khabarhub

गण्डकी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका हुन् ।

दुबै मन्त्रीले मुख्यमन्त्री पृथ्बी सुबा गुरुङसमक्ष प्रदेशसभा बैठकमा राजीनामा पत्र बुझाएका हुन् ।

बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री चुमनले तीन वर्षसम्म सरकारमा रहँदा पाएको साथ र सहयोगका लागि मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरेका छन् ।

राजीनामा पत्र बुझाउँदै मन्त्री चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका छन् । “हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौँ,” मन्त्री चुमानले भने,“हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस् ।”

आज माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : ५१ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी