जोशीको निधनमा कांग्रेसद्वारा ७७ वटै जिल्लामा श्रद्धाञ्जलि सभा « Khabarhub

जोशीको निधनमा कांग्रेसद्वारा ७७ वटै जिल्लामा श्रद्धाञ्जलि सभा


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका शीर्ष नेताहरुले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् ।

नविन्द्रराज जोशीको १३ औं दिनको पुण्य तिथिमा कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति क्षेत्र नम्बर ८ ले गरेको श्रद्धाञ्जली सभामा उनीहरुले नेपाली राजनीतिमा जोशीको योगदान इतिहासले सदैव सम्झने समते बताए ।

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताए । जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राखेको उहाले बताए ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्किने बताए ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले स्वर्गीय जोशीले नेविसंघको मुभमेन्टदेखि अहिलेसम्म खेलेको भूमिकालाई कसैले भूल्न नसक्ने बताए ।

जोशीको निधनमा बुधबार देशभरका ७७ वटै जिल्लामा श्रद्धाञ्जलि सभा गरिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना