माओवादीद्वारा आज पनि वाग्मती प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

माओवादीद्वारा आज पनि वाग्मती प्रदेशसभा बैठक अवरुद्ध


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले वाग्मती प्रदेशको बुधबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ ।

माओवादीले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित भएनन् ।

यस्तै सो प्रस्तावको समर्थक समेतको सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए ।

तर, उक्त प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरे भने माओवादीले सोही क्रममा बैठक नै अवरुद्ध गरेको हो ।

माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि दिनको ११ बजेको लागि तय गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ०१ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि