नेप्से २.८५ अंकले घट्यो, ७ अर्ब १४ करोड रुपैयाँको कारोबार « Khabarhub

नेप्से २.८५ अंकले घट्यो, ७ अर्ब १४ करोड रुपैयाँको कारोबार


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारको परिसूचक नेप्से बुधबार २.८५ अंकले घटेको छ । ०.११ प्रतिशतले घटेपछि नेप्से २६७१.६१ बिन्दुमा कायम भएको छ।

मंगलबार २६७४ अंकमा रहेर नेप्से ऐतिहासिक रेकर्ड कायम गरेको थियो । बुधबार भने सामान्य गिरावट आएको हो । आज बैंकिङ समूह ५.२३ अंकले बढ्यो । होटल तथा पर्यटनमा २३२ अंकको वृद्धि भयो । विकास बैंक ४० र माइक्रोफाइनान्स १०७ अंकले बढेका छन् । व्यापार १६३, जलविद्युत ३३, निर्जीवन बीमा २०१, उत्पादन ८०, अन्य १८ र लगानी समूह १ अंकले घटेको छ ।

पाँच कम्पनीको मूल्य करिब ९ प्रतिशतभन्दा बढी अंकले बढेको छ। महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावरको मूल्यमा उच्‍च वृद्धि रह्यो । आजको वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ९२५, चन्द्रागिरिको २५७८, एनआइसी एसिया लघुवित्तको १२७८, रिलायन्सको २७९, युनिभर्सलको १८१ रुपैयाँ कायम भएको छ ।

आज कुल ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को भयो । यो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले घटेर ५९२ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ५ : २८ बजे

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव

भक्तपुरको फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति

भक्तपुर – भक्तपुरको एक फर्निचर आगलागी हुँदा रु ३५ लाख

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था