सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग « Khabarhub

सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको र थप गर्ने भनिएको कोरोनाविरुद्धको खोपको आपूर्तिमा कमिसन एजेन्टले प्रभाव पारी ढिलाइ भइरहेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो संस्थाले कोरोना सङ्क्रमण महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशीघ्र निःशुल्क उपलब्ध गराउन माग गर्दै सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै हुनुपर्ने समेत जनाएको छ ।

टिआई नेपालले आज विज्ञप्तिमार्फत कोभिड–१९ जस्तो महामारीको अवस्थामा खोपलगायतका स्वास्थोपचारसम्बन्धी सामग्री खरिदको प्रक्रिया झन बढी पारदर्शी र जवाफदेही बनाइनुपर्ने उल्लेख गरेको छ ।

“कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी छ । हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाइनु जरुरी छ”, विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियानकर्मी, सेवाकर्मीले अनवरतरूपमा दुवै चरणको सङ्क्रमणमा आफ्ना तर्फबाट सेवा पुर्‍याउँदै आएको कार्यको टिआई नेपालले प्रशंसा गरेको छ ।

यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी रहेको उल्लेख गर्दै रोकथाममा संलग्नहरूको स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुनसमेत टिआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : ०१ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब