सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको चेतावनी « Khabarhub

सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको चेतावनी


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने तथा चरित्र हत्या गर्ने कार्य नरोकिएको जनाउँदै त्यस्ता गतिविधि नगर्न/नगराउन सचेत गराएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार एक नोट जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्नेलाई विद्युतिय कारोवार ऐन, २०६२ अन्तर्गत कारबाही हुने चेतावनी दिएको हो ।

‘कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेका छन्‌ । हालको बन्दाबन्दी, संक्रमणकालीन समयमा पनि सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरू नगर्न नगराउन हुन अनुरोध छ’ सूचनामा भनिएको छ ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ४ : ४५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी