माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री « Khabarhub

माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीविरुद्ध लड्न नेकपा (माओवादी केन्द्र)ले सातै वटा प्रदेशमा स्वास्थ्य सामाग्री पठाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रम गरी सातै प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुमार्फ स्वास्थ्य सामाग्री पठाएको हो ।

पार्टी केन्द्रको नाममा आएको विभिन्न संघसंस्थाहरु तथा चीन सरकारले दिएको स्वास्थ्य सामाग्री प्रदेश कमिटीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले हस्तान्तरण गरेका हुन् ।

चीन सरकारबाट प्राप्त एक लाख माक्स र २० थान अक्सिजन जेनेरेटर माओवादी केन्द्रको पार्टी कमिटीमार्फत वितरण गर्ने तयारी गरिएको छ ।

त्यस्तै माओवादीको प्रवास कमिटीको तर्फबाट एन्टिजेन किट, थर्मलगन, अक्सिमिटर, अक्सिजन सिलिण्डर (खाली तथा भरिएको), पीपीई, माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।

विभिन्न दाताहरुले उपलब्ध गराएको स्वास्थ्य सामाग्री पार्टीको तर्फबाट जम्मा गरेर प्रदेश कमिटीमार्फत सबै जिल्लाहरुका लागि वितरण गर्ने माओवादी जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : २१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी