जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा समर्पित हुनेछु : पूर्वमन्त्री गुरुङ | Khabarhub Khabarhub

जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा समर्पित हुनेछु : पूर्वमन्त्री गुरुङ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता जनाएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा लाग्ने पनि बताए । उनले कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा धेरै काम गरेको र अन्य धेरै काम गर्न बाँकी रहेको उनले बताए । आगामी दिनमा सञ्चार मन्त्रालयमा आउने व्यक्तिलाई आवश्यक सल्लाह र सहयोग गर्ने उनको भनाइ छ । उनले मुलुकलाई निकास दिनका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा मन्त्रालयका सचिवलगायतले गुरुङलाई विदाई गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : १५ बजे

नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

नेपाल प्रिमियर लिगसँग जोडियो नेपाल टेलिकम

काठमाडौं– यहि मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर

धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

तम्घास – जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय

महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

गण्डकी– उद्‌घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा