बाटोको अड्चन : प्रेरक प्रसङ्ग « Khabarhub

बाटोको अड्चन : प्रेरक प्रसङ्ग


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विद्यार्थीको एउटा टोली पढ्नका लागि सधैँ आफ्नो गाउँबाट १ कोस पर अर्को गाउँमा जान्थ्यो । एक दिन जाँदाजाँदै अचानक एउटा विद्यार्थी कम छ भन्ने उनीहरुलाई लाग्यो । खोज्दै जाँदा ऊ पछाडि नै छुटेको पत्ता लाग्यो ।

उसलाई अर्को एक विद्यार्थीले बोलायो— तिमी त्यहाँ के गरिरहेका छौ ?

त्यस विद्यार्थीले त्यहीँबाट उत्तर दियो— पख, म आइहालेँ ।

यसो भन्दै उसले जमिनमा गाडिएको एउटा ठुटो समात्यो, जोरका साथ हल्लायो, उखेल्यो, एकातिर फाल्यो र आफ्नो टोलीमा सामेल भयो ।

उसको एक साथीले सोध्यो— तिमीले त्यो ठुटो किन उखेलेको ? कसैले खेतको सिमाना छुट्याउन गाडेको होला ।

त्यो विद्यार्थीले भन्यो— तर त्यो बीच बाटोमा गाडिएको थियो । त्यसले बाटो हिँड्नेलाई अल्झाइरहेको थियो । जे कुरा बाटोको अड्चन बन्छ, त्यसलाई उखेलेर फाल्नुपर्छ ।

त्यो विद्यार्थी अरु कोही थिएन, भारतका चर्चित लौहपुरुष सरदार वल्लभ भाइ पटेल थिए ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ४५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर