कसरी स्मरण शक्ति तेजिलो बनाउने ? अपनाउनुस् यी ६ टिप्स « Khabarhub

कसरी स्मरण शक्ति तेजिलो बनाउने ? अपनाउनुस् यी ६ टिप्स


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको बौद्धिकतामा उसको स्मरण शक्ति र एकाग्रताले ठूलो महत्व राख्दछ । मानिस एकाग्र भए मात्र उसको आइक्यू बढ्ने वा स्मार्ट हुन मद्दत गर्दछ ।

तर कतिपय मानिस एकाग्र हुन सक्दैनन् । यसकालागि केही यस्ता उपाय छन् जस मार्फत मानिस फूर्तिलो र चंख हुनुका साथै एकाग्र हुन सघाउँ पुर्याउँछ ।

१. बिहानको खाजा

भरसक बिहान खाजा खानु पर्दछ । बिहान खाजा खाँदा छोटो समयका लागि स्मरण शक्ति र एकाग्रता बढ्ने गर्दछ । खाजाँमा गहुँ, मकै, जौ, चामल लगायतका परिकार, दुग्ध पदार्थ र फलफूल खानु पर्दछ । तर अत्यधिक मात्राको खाजा भने सेवन गर्नु हुदैँन ।

२. चिनी

मस्तिष्कले मन पराउने र खोज्ने इन्धनको स्रोत हो, चिनी । चिनी भनेको ग्लुकोज हो । जो हामीले खाएको कार्बोहाइड्रेट र गुलियोजन्य खानेकुरा टुक्र्याएर हाम्रो शरीरले ग्लुकोज प्रशोधन गर्छ । त्यसैले कुनै एनर्जी पेय वा फलफूलको एक ग्लास जुस पिउँदा छोटो समयकालागि शारीरिक ऊर्जा, स्मरण शक्ति, सोचविचार क्षमता र मानसिक क्षमता बढ्छ । तर चिनी मिसिएका खानेकुरा र पेय पदार्थको अत्यधिक सेवनबाट जोगिनु उपयुक्त हुन्छ ।

३. क्याफिन

क्याफिन अर्थात कफि, डार्क चकलेट, एनर्जी ड्रिंकले छोटो समयकालागि भए पनि सतर्क राख्छन् र एकाग्र हुन मद्दत गर्छन् । तर बढी मात्रामा क्याफिन उपभोग भने गर्नु हुदैँन ।

४. माछा

मस्तिष्कको क्षमता बढाउने पोषक तत्व, प्रोटिनको राम्रो स्रोत हो, माछा । माछामा ओमेगा–३ फ्याटी एसिड पाइन्छ, जसले मानसिक क्षमता बढाउने गर्दछ ।

५. डार्क चकलेट र बदाम

डार्क (कफी रंगका) चकलेटमा क्याफिन जस्तो उत्प्रेरक तत्व हुन्छ, जसले सतर्कता र एकाग्रता बढाउँछ । यस्तै बदाम, ओखर लगायतका भिटामिन ईको स्रोत हो । जो मानसिक क्षमता ह्रास हुन नदिने प्रभावकारी भिटामिन हो ।

६. रेशादार खाना

शरीरलाई रेशादार खाना, गहुँ, मकै, चामल, जौ जस्ता खाद्यान्न र फलफूलको सेवनले लाभ पुर्याउँछ । यसले खराब कोलेस्टरोल घटाउनुका साथै मुटुसम्बन्धी रोगको जोखिम न्यून गर्न र रक्तनलीमा फोहर जम्न दिदैँन । यस्तोमा मस्तिष्कसम्म सहज रक्तसञ्चार हुन्छ र मस्तिष्कको क्षमता घट्न पाउँदैन ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : २९ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा