कसरी स्मरण शक्ति तेजिलो बनाउने ? अपनाउनुस् यी ६ टिप्स | Khabarhub Khabarhub

कसरी स्मरण शक्ति तेजिलो बनाउने ? अपनाउनुस् यी ६ टिप्स


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको बौद्धिकतामा उसको स्मरण शक्ति र एकाग्रताले ठूलो महत्व राख्दछ । मानिस एकाग्र भए मात्र उसको आइक्यू बढ्ने वा स्मार्ट हुन मद्दत गर्दछ ।

तर कतिपय मानिस एकाग्र हुन सक्दैनन् । यसकालागि केही यस्ता उपाय छन् जस मार्फत मानिस फूर्तिलो र चंख हुनुका साथै एकाग्र हुन सघाउँ पुर्याउँछ ।

१. बिहानको खाजा

भरसक बिहान खाजा खानु पर्दछ । बिहान खाजा खाँदा छोटो समयका लागि स्मरण शक्ति र एकाग्रता बढ्ने गर्दछ । खाजाँमा गहुँ, मकै, जौ, चामल लगायतका परिकार, दुग्ध पदार्थ र फलफूल खानु पर्दछ । तर अत्यधिक मात्राको खाजा भने सेवन गर्नु हुदैँन ।

२. चिनी

मस्तिष्कले मन पराउने र खोज्ने इन्धनको स्रोत हो, चिनी । चिनी भनेको ग्लुकोज हो । जो हामीले खाएको कार्बोहाइड्रेट र गुलियोजन्य खानेकुरा टुक्र्याएर हाम्रो शरीरले ग्लुकोज प्रशोधन गर्छ । त्यसैले कुनै एनर्जी पेय वा फलफूलको एक ग्लास जुस पिउँदा छोटो समयकालागि शारीरिक ऊर्जा, स्मरण शक्ति, सोचविचार क्षमता र मानसिक क्षमता बढ्छ । तर चिनी मिसिएका खानेकुरा र पेय पदार्थको अत्यधिक सेवनबाट जोगिनु उपयुक्त हुन्छ ।

३. क्याफिन

क्याफिन अर्थात कफि, डार्क चकलेट, एनर्जी ड्रिंकले छोटो समयकालागि भए पनि सतर्क राख्छन् र एकाग्र हुन मद्दत गर्छन् । तर बढी मात्रामा क्याफिन उपभोग भने गर्नु हुदैँन ।

४. माछा

मस्तिष्कको क्षमता बढाउने पोषक तत्व, प्रोटिनको राम्रो स्रोत हो, माछा । माछामा ओमेगा–३ फ्याटी एसिड पाइन्छ, जसले मानसिक क्षमता बढाउने गर्दछ ।

५. डार्क चकलेट र बदाम

डार्क (कफी रंगका) चकलेटमा क्याफिन जस्तो उत्प्रेरक तत्व हुन्छ, जसले सतर्कता र एकाग्रता बढाउँछ । यस्तै बदाम, ओखर लगायतका भिटामिन ईको स्रोत हो । जो मानसिक क्षमता ह्रास हुन नदिने प्रभावकारी भिटामिन हो ।

६. रेशादार खाना

शरीरलाई रेशादार खाना, गहुँ, मकै, चामल, जौ जस्ता खाद्यान्न र फलफूलको सेवनले लाभ पुर्याउँछ । यसले खराब कोलेस्टरोल घटाउनुका साथै मुटुसम्बन्धी रोगको जोखिम न्यून गर्न र रक्तनलीमा फोहर जम्न दिदैँन । यस्तोमा मस्तिष्कसम्म सहज रक्तसञ्चार हुन्छ र मस्तिष्कको क्षमता घट्न पाउँदैन ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : २९ बजे

पत्रकार मिश्रमाथि भएको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार

कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह-आन्दोलनका कार्यक्रम रोक्नुस्

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम रोक्नका लागि

केन्द्रीय अस्पतालकै क्यान्टिन छैनन् सफा, सुधार्न विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केन्द्रीय अस्पतालहरूको क्यान्टिनको

शिक्षकहरू २२ दिनदेखि सडकमै (तस्बिरहरू)

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक

सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन खाँडाचक्र नगरपालिकामा तालाबन्दी

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिकामा उपभोक्ता समिति र करारका कर्मचारीले तालाबन्दी