घरमा कलह भइरहन्छ ? समाधानका लागि ६ उपाय « Khabarhub

घरमा कलह भइरहन्छ ? समाधानका लागि ६ उपाय


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा परिवारको साथमा मिल्ने सुख र खुसी भन्दा अरु ठूलो के होला र ? मानिस जहाँबाट आए पनि र अनेकौं समस्या झेलिरहेको भए पनि घर र परिवारको भेटपछि राहत महसुस गर्दछ ।

सबैले आफ्नो घरमा हमेशा सुख–शान्ति रहोस् भन्ने चाहान्छ । तर कतिपय अवस्थामा बिना कुनै कलह वा झगडा परिवारबीच मनमुटाव हुने गर्दछ । यसकालागि ग्रह दोष वा वास्तु दोष जस्ता समस्या जिम्मेवार रहने गर्दछ । यसबाट बच्न के उपाय गर्ने त ?

१. जुन घरमा दैनिक झगडा हुन्छ त्यहा लक्ष्मीको वास हुदैँन । साथै घरमा वास्तु दोष, ग्रह दोष, शनिको कुदृष्टि रहने गर्दछ । तसर्थ घरमा झगडा हुने वातावरण बनाउनु हुदँैन ।

२. राती सुत्नु अघि पीतलको भाडाँमा कपूर राखेर त्यसलाई गाइको शुद्ध घीउमा डुबाएर बालेमा घरमा मनमुटाव हटाउन सकिने मान्यता छ । साथै एउटा कपुर बालेर त्यसको धुवाँ घरको सबैतिर पारेमा पनि गृह कलह हुनबाट बच्न सकिन्छ ।

३. मंगलबार हनुमानको सामुन्ने पञ्चमुखी दीयो बालेर अष्टगन्धा बालि त्यसको सुगन्ध पूरै घरमा फैलाएमा यसले पनि घरमा सकारात्मक ऊर्जा सञ्चार हुने र सुख–शान्ति रहने धार्मीक मान्यता छ ।

४. कलहबाट बच्न एक चिम्टी केसरलाई पानीमा मिलाएर नुहाउने र पूजा पाठ गरी पून केसरको टिका लगाएमा र केसर हालेर दूध पीएमा घरमा शान्ति आउने मान्यता छ ।

५. घर पुस्ने पानीमा थोरै मात्रामा नुन राखेर घर पुछेमा घरबाट नकारात्मकता दूर हुने र वास्तु दोषबाट छुटकारा पाउन सकिने धार्मीक विश्वास छ ।

६. जुन घरमा हमेशा कलह र क्लेश हुन्छ त्यस घरमा सुख–शान्तिका लागि महीनामा एक पटक सत्यनारायणको पुजा लगाइ कथा वाचन गरेमा सुख समृद्धि आउने विश्वास गरीन्छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : १५ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा