भारतीय दिग्गज अभिनेता दिलीप कुमारको निधन « Khabarhub

भारतीय दिग्गज अभिनेता दिलीप कुमारको निधन


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो।

उनले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।

उनको अभिनय रहका मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास, मुग़ल ए आज़म लगायत सफल चलचित्र हुन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, “दिलीप कुमारलाई  सिने क्षेत्रको लीजेण्डका रुपमा सम्झिरहनेछौँ, अद्वितीय प्रतिभाका धनी उनको अभिनयबाट दर्शक मन्त्रमुग्ध हुँदै आएका थिए । उनको निधनले सांस्कृतिक क्षेत्रका लागि ठूलो क्षति पुगेको छ । परिवार जनमा समवेदना ।’

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ५४ बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध