एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता शुरू « Khabarhub

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता शुरू


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ ।

नक्सालस्थित मेरियट होटलमा केहीबेरअघि शुरु भएको वार्तामा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन् । छलफलका लागि नेता नेपाल पहिला नै पुगेका थिए भने अध्यक्ष ओली केहीबेरपछि मेरियट होटल पुगेका थिए ।

यसअघि अध्यक्ष ओलीसँग भेट गर्न नमानेका नेता नेपाल भेटका लागि सहमत भएपछि दुई नेताबीच वार्ता शुरू भएको हो ।

यसअघि आजै बसेको एमाले विवाद समाधान कार्यदलको बैठकपछि नेताहरुले विवाद समाधान उन्मुख भएको दाबी गरेका थिए ।

छलफलपछि एमाले नेता सुवास नेम्वाङले आवश्यकताअनुसार अध्यक्ष ओली र नेता नेपालबीच पनि छलफल हुनसक्ने जानकारी दिएका थिए ।

पछिल्लो पटक गत ३० वैशाखमा बुढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीच वार्ता भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ४७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी