वाग्मती प्रदेशमा ३६ प्रहरी भवन निर्माण | Khabarhub Khabarhub

वाग्मती प्रदेशमा ३६ प्रहरी भवन निर्माण


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण शुरुआत भएको थियो । उक्त योजनाअन्तर्गत अहिले प्रदेश प्रहरी कार्यालयको भवन निर्माण द्रुत गतिमा भइरहेको बताइएको छ । बाँकी कार्यालयको भवन निमार्ण जारी रहेको र यसको ९० प्रतिशत निर्माण पुरा भइसकेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी भवन र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । सो भवन रु ९३ करोड २२ लाख ७२ हजार को लगानीमा निर्माण गर्ने लक्ष्य छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखरेलले अघिल्लो आर्थिक वर्षसम्ममा प्रहरीको भवन निर्माणमा रु ५६ करोड ९७ लाख १६ हजार खर्च भएको थियो भने गत आर्थिक वर्षमा रु ३० करोड २५ लाख ५१ हजार खर्च भएको जानकरी दिए ।

यसैबीच उक्त मन्त्रालयले १३ कानूनको संशोधन गर्ने भएको जनाएको छ । उक्त कानूनको कार्यान्वयन र व्यवहारमा समस्या परेपछि संशोधन गर्न लागिएको बताइएको छ । मन्त्रालयका अनुसार प्रदेशस्तरको केही सार्वजनिक लिखत प्रमाणीकरण २०७४, कर तथा गैरकर राजस्वसम्बन्धी ऐन २०७५, प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५, प्रदेश सहकारी ऐन २०७६, प्रदेश राष्ट्रिय वन ऐन २०७६, प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६, प्रदेश औधोगिक व्यवसाय ऐन २०७६, प्रदेश वातावरण ऐन २०७७, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश संस्था दर्ता ऐन २०७५ संशोशनको तयारीका अवस्थामा छ ।

त्यस्तैगरी प्रदेशसभाको पदाधिकरी तथा सदस्यको पारश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५, प्रदेश स्वास्थ्य सेवा ऐन ०७५ प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधनको तयारीमा रहेको मन्त्रालयका कानून अधिकृत मदन शिवाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ०१ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा