डाटा सुरक्षित राख्न पेनड्राइभमा यसरी राख्नुहोस् पासवर्ड « Khabarhub

डाटा सुरक्षित राख्न पेनड्राइभमा यसरी राख्नुहोस् पासवर्ड


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि डाटा वा तस्बिर भिडियोको संग्रह गर्न हामी डिजिटल मेमोरीको प्रयोग गर्दछौँ । यो मेमोरी कम्प्युटरको हार्ड डिस्क, फोनको मेमोरी, मेमोरी कार्ड वा पेन ड्राइभ लगायतमा राख्ने गरिन्छ । यस्तोमा पेन ड्राइभमा राखिएको सामाग्री सजिलै अरुले नहेरुन् भनेर र यसलाई सुरक्षित पार्न यसमा पासवर्ड राख्न सकिन्छ । तर कसरी ?

– पेन ड्राइभमा पासवर्ड राख्न पहिले कम्प्युटरमा पेनड्राइभ कनेक्ट गर्नुहोस् ।
– पेनड्राइभमा डाटा भए त्यसलाई स्क्यान गर्नुहोस्, खाली भए फम्र्याट गर्नुहोस् ।
– त्यसपछि यसमा राइट क्लिक गरेर ‘टर्न अन बिटलकर’ रोज्नुहोस् ।
– अब एउटा विन्डो खुल्छ र एकैछिनमा आफैँ बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ ।
– नयाँ खुलेको विन्डोमा कसरी पेनड्राइभ लक गर्ने भन्ने अप्सन दिइएको हुन्छ ।
– अब ‘युज अ पासवर्ड टु अनलक द ड्राइभ’ अप्सन रोज्नुहोस् ।
– त्यसपछि इच्छाअनुसार कुनै पनि पासवर्ड छान्नुहोस् र अर्को बटनमा क्लिक गर्नुहोस् ।
– अब फेरि एउटा विन्डो खुल्छ, जहाँ ‘बिटलकर रिकभरी की’ सेभ गर्न सोधिएको हुन्छ ।
– एकछिनअघि रोजेको पासवर्ड भुल्नुभयो भने यो अप्सन काम लाग्छ ।
– अब ‘सेभ टु फाइल’ अप्सनमा जानुहोस् ।
– कम्प्युटरमा ‘रिकभरी की’ सेभ गर्ने लोकेसन ब्राउज गरेर ‘रिकभरी की’ सेभ गर्नुहोस् ।
– यसपछि यस्तो विन्डो देख्नुहुन्छ, जहाँ ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।
– जबसम्म ‘स्टार्ट इनक्राइप्टिङ’ अप्सन आउँदैन तबसम्म ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।
– इन्क्रिप्सन सुरु भएपछि प्रोसेस कम्प्लिट हुन केही समय लाग्न सक्छ ।
– एकपटक प्रोसेस पूरा भएपछि पेनड्राइभ डिसकनेक्ट गरिदिनुहोस् र फेरि कनेक्ट गर्नुहोस् ।

अब पेनड्राइभ लक भएको पाउनु हुनेछ । अब यसलाई विना पासवर्ड खोल्न सकिदैन । पेनड्राइभ जसको हातमा परे पनि कसैले पनि तपाईंको डाटा दुरुपयोग गर्न सक्दैन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ४० बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा