गर्मीमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ? « Khabarhub

गर्मीमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मीको मौसममा सडक पेटीमा राखेको खानेकुरा जस्तै पानीपुरी, चटपटे, निम्बुपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा खानेले स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । यस्ता खानेकुराले झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नहुने लगायतको समस्या आउन सक्छ ।

झाडाबान्ताका कारण कतिपय अवस्थामा मानिसको ज्यान समेत जान सक्छ । त्यसैले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित र स्वस्थकर मात्र खानु पर्दछ । यस्तै, गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने गर्दछ । यसबाट समेत बच्नु पर्दछ ।

गर्मी मौसममा फ्लुको सङ्क्रमण बढ्ने भएकाले धुलोधुवाँ, भीडभाडबाट बच्नु पर्दछ । विशेषगरी यो मौसममा खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि रोग लाग्न सक्छ । अझ बजारमा काटेर राखिएका फलफूल नधोइ खादाँ झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ ।

यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : २० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान