एमसीसीको विरोधमा माइतीघरमा टर्च बालेर प्रदर्शन « Khabarhub

एमसीसीको विरोधमा माइतीघरमा टर्च बालेर प्रदर्शन


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौँमा टर्च बालेर विरोध प्रर्दशन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टीले एमसीसी सम्झौता मुलुकको हितविपरीत रहेकाले खारेजीको माग गर्दै काठमाडौँको माइतिघरमा टर्च बालेर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी देशका लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन, आमा बेच्न पाइँदैन, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैनलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले राष्ट्रिय स्वाधिनताको विपरीत रहेको एमसीसी कुनैपनि हालतमा मुलुकको हितमा नरहेकाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ६ : १५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर