दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति याकोब जुमा जेलमुक्त « Khabarhub

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति याकोब जुमा जेलमुक्त


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएका छन् ।

दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, “पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उहाँले सामुदायिक सुधारका काम गर्ने शर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ । यसकारण जेलबाहिर रहँदा पनि उहाँले विशेष शर्तहरूको पालना गर्नुपर्नेछ र उहाँको सजाय समाप्त नभएसम्म उहाँ सुरक्षा अनुगमनको घेराभित्र रहनुपर्नेछ ।”

“यदि कुनै अपराधीले स्वास्थ्यका कारण जेलबाट मुक्त हुँदा गरेका बाचाहरू पालना गरेन भने उसलाई पुनः बाँकी जेलसजाय भुक्तान गर्नुपर्ने हुन्छ ।”

नक्सुमालोले जुमाले पालन गर्नुपर्ने शर्तहरूबारे भने बताएनन् । उनले भने, “जुमाको पुनः गल्ती हुने सम्भावना कम छ ।”

अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपतिले जुलाईदेखि ‘एस्टकोर्ट करेक्सनल सेन्टर’मा १५ महिनाको जेल सजाय भोगिरहेका थिए ।

जुमाले हालै एक शल्यक्रिया गरेको बताइएको छ तर यो के सम्बन्धी उपचार थियो भन्नेबारे जानकारी गराइएको छैन ।

एनक्सुमालोले बताएअनुसार घातक रोग लागेका र शारीरिक तवरमा अक्षमता भएका वा आफ्नो दैनिक क्रियाकलाप वा आत्म–सेवालाई अत्यन्तै सीमित गर्ने रोगबाट पीडित कैदीहरूलाई पनि चिकित्सा उपचारको लागि विचार गर्न सकिन्छ ।

उनले थपे, “सबै आवश्यक कुराहरू पूरा गरेमा सजाय पाएका सबै अपराधीहरूको लागि ‘चिकित्सा परोल’ राख्नु एउटा विकल्प हो भनेर हामी दोहोर्‍याउन चाहन्छौं । हामी सबै दक्षिण अफ्रिकीहरूलाई श्री जुमालाई चिकित्सा उपचार गरिरहँदा सम्मान प्रदान गर्न आग्रह गर्छौं ।”

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : १० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा