कविता : पिताजी ! « Khabarhub

कविता : पिताजी !



आफू धुपमा उभिएर सन्तानलाई

छाया प्रदान गर्ने

आफू सन्तापले जलेरै पनि सन्तानलाई

खुशी बाँड्ने

आफ्नो दुःख लुकाएर

सन्तानको खुशीमा हाँस्ने

सन्तानको लागि शीतल छहारी

पिताजी ।

 

सन्तानका लागि अविराम यात्रा

अविराम प्रयास, अविराम चिन्तन

अविराम शिक्षा, अविराम तपस्या

हाम्रो जीवनयात्राको आधार

पिताजी ।

 

अर्थदेखि परमार्थसम्म

स्वयंदेखि अखिल ब्रह्माण्डसम्म

भ्रमदेखि सत्यतासम्म

ज्ञान, विवेक, शिक्षा, नीति

सबैसँग साक्षात्कार गराउने गुरु

पिताजी ।

 

अनेकमा एक, गागरमा सागर

शोकमा धैर्य, संकटमा संयम्

अद्भूत शिक्षक, निःस्वार्थ उपदेश

दुर्लभ र असीम भाव

पिताजी ।

 

तपस्याको रूप पिताजी

स्वर्गरूप पिताजी

आकाशरूप पिताजी

देवता पिताजी

मोक्षरूप पिताजी,

श्रद्धा र सेवाको साक्षात रूप पिताजी

कोटी कोटी प्रणाम पिताजी ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ४२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले