कन्काईले कज्वे बगायो, ९० परिवार टापुमा | Khabarhub Khabarhub

कन्काईले कज्वे बगायो, ९० परिवार टापुमा


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– केही दिन यताको अविरल वर्षासँगै कन्काई नदीको भंगालो पसेपछि बाटो बगाउँदा झापाको गौरीगञ्ज १ साविक महाभाराको होक्कलबारी बस्तीका सर्वसाधारणको आवतजावत बन्द भएको छ ।

त्यहाँको बाँध भत्काएर टप्पु तर्फबाट कन्काईको पानी भंगालोका रुपमा होक्कलबारी तर्फ पसेको हो । केही दिनयता बाँधमा भइरहेको कटान रोक्न गरिएको रोकथामको प्रयासका बाबजुद सोमबार राति चौरी र होक्कलबारी बस्तीको बीच भागबाट भंगालो पसेको स्थानीय प्रेम राईले जानकारी दिए ।

उनका अनुसार टप्पु बस्ती आसपासका केही घर परिवारसमेत खोलाको बाढीका कारण विस्थापित हुने अवस्थामा छन । रातिनै खोलो पसेर कज्वे भत्काइरहेको उनले बताए ।

उनका अनुसार कन्काईले धार परिवर्तन गरेर पहिलेकै स्थानमा फर्किदा यस अघि सयौं परिवार विस्थापित भएको सो ठाउँमा हाल रहेका ९० घर परिवार समस्यामा परेका छन । उनीहरुको बाहिरी सम्पर्क विच्छेद हुने खतरा बढेको छ ।

नदी कटान प्रभावित क्षेत्रमा यस अघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा अधिकारीहरु सहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले कन्काईको कटानले बस्तीमा परेको प्रभावका बारेमा स्थानीय सरकारका अतिरिक्त माथिल्लो निकायको समेत ध्यानाकर्षण गराइएको र तत्काल आउन सक्ने जोखिमलाई मध्यनजर गरेर आवश्यक रोकथामका सबै प्रयासहरु शुरु गरिएको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : १४ बजे

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित