जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका-१६ बालाजु बसन्तनगर हिले टोल बस्ने भारत मोतिहारी घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्ता सहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधरमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३१ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी(पूर्व), देवचुली नगरपालिका-१७ स्थित मणिराम महतोको कुमारवर्ती होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल महतो समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

तनहुँ, ब्यास नगरपालिका-४ बस्ने मिन बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरूङ समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ३४ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको