भरतपुर अस्पतालसँग जमिन छ, पार्किङ छैन | Khabarhub Khabarhub

भरतपुर अस्पतालसँग जमिन छ, पार्किङ छैन


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कार्यालय समय अगाबै यहाँस्थित भरतपुर अस्पताल अगाडिका सडक पार गर्न मुस्किल पर्दछ । सडकका दायाँबायाँ सवारीसाधनले भरिएका हुन्छन् । बिरामीलाई मात्र होइन, सर्वसाधारणलाई सडक पार गर्न कठिन हुन्छ ।

ट्राफिक प्रहरीलाई दैनिक बिहानी समयमा सवारीका सधानलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्छ । अस्पताल नजिकै बाइपास सडक पर्दछ । सडकमा भीडभाड बढी हुने भएपछि त्यति बेलाका समयमा सकेसम्म मानिसले वैकल्पिक सडक प्रयोग गर्ने गर्दछन् ।

अस्पतालसँग ३१ बिघा जमिन छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अन्य सङ्घ संस्थालाई भाडामा लगाएर पनि अस्पतालसँग १२ बिघा जमिन छ । अस्पतालको आबास क्षेको पूर्व तर्फ भूभाग धानबारी र झाडीले भरिएको छ । अस्पताल प्रशासनले चासो नदिएकै कारण पार्किङ नभएको हो ।

अध्यक्ष डा अधिकारीका भनाइमा चिकित्सक, कर्मचारीका लागि प्रशासन अगाडि र दुई नम्बर गेटमा सवारी पार्किङ छ । साँघुरो र थोरै सवारी अट्ने भएकाले त्यहाँ पार्किङ खासै गरिएको पाइँदैन । सर्वसाधारणका लागि पार्किङ नभएको स्वीकार गर्दै उहाँले सडक छेउको नहर पुरेको ठाउँमा केही व्यवस्थित गर्न लागिएको जानकारी दिए ।

अस्पतालका चिकित्सक, कर्मचारीको मात्र एक सय भन्दा बढी चारपाङ्ग्रे सवारी रहेका बताइएको छ । अस्पतालमा ७५० कर्मचारी कार्यरत छन् । अस्पतालले दैनिक एक हजार ९०० जनासम्म बिरामीलाई सेवा प्रदान गर्ने जनाइएको छ । अस्पतालमा चिकित्सक र कर्मचारी सरहनै सवारीसाधन आउने गर्दछन् ।

अस्पतालमा एम्बुलेन्स आवतजावत् गर्ने गर्दछ । ती सवारीका लागि पार्किङ्को व्यवस्था पूर्ण हुन नसकेको स्वीकार गर्दै अध्यक्ष डा अधिकारीले यस विषयमा छलफलमानै रहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानबहादुर बराकोटी अस्पताल अगाडिको पार्किङ व्यवस्थापन समस्या हुने गरेको बताउँछन् ।

उनले भने, “कहिलेकाहीँ त व्यवस्थापन गर्ननै मुस्किल पर्दछ ।” प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो बाटो प्रयोग गरेर जाँदा आफूले पनि अव्यवस्थित पार्किङ देखेर ट्राफिक प्रहरीलाई भनेको जानकारी दिए ।

अस्पतालले ठाउँ व्यवस्थापन गरेर आफ्ना चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई पार्किङ व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ५० बजे

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित