नेपाल सुपर लिग महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग हुँदै | Khabarhub Khabarhub

नेपाल सुपर लिग महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग हुँदै


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजना हुने भएको छ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको घोषणा गरेको छ ।

लिगको लागि इभेन्ट्स कम्पनीले नेपाल भलिबल संघसँग १० वर्षको सम्झौता समेत गरेको छ । सम्झौता पत्रमा संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे ।

सम्झौतासँगै प्रतियोगिताका लागि संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले व्यहोर्नेछ । पहिलो संस्करणको प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म गर्ने लक्ष्य राखिएको एनएसएलले जनाएको छ । दोस्रो संस्करणबाट होम एण्ड अवेको आधारमा विभिन्न शहरमा खेलाईने बताईएको छ । सम्झौतापछि एनएसएलका अध्यक्ष चौधरीले भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने बतान् ।

महिला र पुरुष भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले भलिवल लिगबाट राष्ट्रिय टिममा समावेश हुनका लागि मौका हुने बताए । उनले खेललाई व्यवसायीक रुपमा लैजान लिगले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो । एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाईजको घोषणा गर्ने तयारी थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : ३० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी