देशभरको मौसम बदली, शनिबारसम्म ‘मध्यम’ वर्षा हुने « Khabarhub

देशभरको मौसम बदली, शनिबारसम्म ‘मध्यम’ वर्षा हुने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभरको मौसम बदली भएको छ ।

भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ । सोही प्रभावले कम्तीमा तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन बाहिरिन केही दिन लागेकाले पनि वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कम्तीमा आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ७ : १५ बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था