एकरूपता ल्याउन मासुको मूल्य निर्धारण « Khabarhub

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् ।

चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।

आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य एक हजार ३०० निर्धारण गरिएको हो ।

यस्तै कुखुराको मासु प्रतिकिलो रु ३०० तथा रागाँ र बङ्गुरको मासु रु पाँच/पाँच सय तोकिएको छ ।

राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । सङ्घका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए ।

अन्य समयको तुलनामा दशैँमा कुखुरा र बङ्गुरको मासुको खपत कम हुने गरेको छ । खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भएपनि खसी, बोका तथा राँगाको मूल्यमा दशैँको अवधिमा कुनै परिवर्तन हुनेछैन ।

यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो । मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले सङ्घले मूल्य निर्धारण गरेको हो ।

चीनबाट च्याङ्ग्रा नआउँदा स्वदेशी च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बर बढ्ने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।

अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य बढ्ने बताए । चीनबाट च्याङ्ग्रा आएको छैन । देशमा उत्पादन भएका च्याङ्ग्रा कम हुँदा व्यवसायीले आफूखुशी मूल्य बढाउने गरेका छन् ।

सङ्घका अनुसार गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु.७०० देखि ८०० र  मासु रु दुई हजारसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्याङ्ग्रा नै रु १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ ।

नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ११ : ५० बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको