मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्दै « Khabarhub

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्दै


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रक्रिया शुरु गरेको छ ।

सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र (आईपीओ) निष्कासनको लागि बिहीवार उक्त कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्कासन व्यवस्थापनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमा उक्त कम्पनीका सञ्चालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ । यो शुरुवातसँगैै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ सार्वजनिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताए ।

उल्लेखित सम्झौताअनुसार चालू वर्षको चैत मसान्तभित्र निष्कासनको सवै प्रक्रिया पुरा गरी जारी गर्ने लक्ष्य रहेको छ । यसअन्तर्गत सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्कासन हुनेछ ।

मुक्तिनाथ बिकास बैंक लिमिटेडलगायत नेपालका ८६३ जनाभन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि मूल्य श्रृङखलाको अवयवहरुमा काम गर्दै आइरहेको छ ।

२०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पूँजी र ४० करोड रुपैयाँ जारी पूँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ३ : ५७ बजे

कञ्चनपुरको मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहट– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी