चीनको विद्यालयले दर्जनौं विद्यार्थी रातभर बन्धक बनाएपछि ! « Khabarhub

चीनको विद्यालयले दर्जनौं विद्यार्थी रातभर बन्धक बनाएपछि !


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा एक विद्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि दर्जनौ विद्यार्थीहरुलाई एउटा प्राथमिक विद्यालयमा घन्टौंसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ ।

यसै साता भएको सो घटनामा विद्यार्थीलाई बन्धक बनाइएपछि चिन्तित बनेका अभिभावकहरुको एउटा ठूलो समूह मध्यरातसम्म विद्यालय बाहिर जम्मा भएर बसेका थिए । विद्यार्थीहरुको कोभिड परीक्षण गरिएकोले त्यसको नतिजा नआउन्जेल मध्यरातसम्म विद्यालयमै बस्न भनिएको थियो । बिद्यालयमा राखिएका बालबालिका ७ देखि १२ वर्षका भएको अनुमान गरिएको छ ।

स्थानीय समचार सस्था जिमुका अनुसार विद्यालयका हेडमास्टर स्थानीय समयअनुसार रातीको साढे ११ बजे विद्यालय बाहिर निस्केर अभिभावकलाई केही विद्यार्थी क्वारेन्टिनमा बस्नुपर्ने जानाकारी गराएका थिए ।

रातभर विद्यालयमा बस्नुपर्ने विद्यार्थीका लागि आवश्यक कपडा ल्याउन उनले अभिभावकलाई अनुरोध गरेका थिए । अर्को दिन कोभिडको नतिजा सार्वजनिक भएपछि मात्र उनीहरुलाई बाहिर आउन अनुमति दिइने उनीहरुले बताएका थिए ।

३५ विद्यार्थीलाई रातभर क्वारेन्टिनमा राखिएको थियो । सम्पूर्ण शिक्षक, विद्यार्थी र कर्मचारीको परीक्षण गरिएको थियो । अहिले विद्यालयलाई अस्थायी रुपमा बन्द गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : ०४ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति