चीनको विद्यालयले दर्जनौं विद्यार्थी रातभर बन्धक बनाएपछि ! « Khabarhub

चीनको विद्यालयले दर्जनौं विद्यार्थी रातभर बन्धक बनाएपछि !


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा एक विद्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि दर्जनौ विद्यार्थीहरुलाई एउटा प्राथमिक विद्यालयमा घन्टौंसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ ।

यसै साता भएको सो घटनामा विद्यार्थीलाई बन्धक बनाइएपछि चिन्तित बनेका अभिभावकहरुको एउटा ठूलो समूह मध्यरातसम्म विद्यालय बाहिर जम्मा भएर बसेका थिए । विद्यार्थीहरुको कोभिड परीक्षण गरिएकोले त्यसको नतिजा नआउन्जेल मध्यरातसम्म विद्यालयमै बस्न भनिएको थियो । बिद्यालयमा राखिएका बालबालिका ७ देखि १२ वर्षका भएको अनुमान गरिएको छ ।

स्थानीय समचार सस्था जिमुका अनुसार विद्यालयका हेडमास्टर स्थानीय समयअनुसार रातीको साढे ११ बजे विद्यालय बाहिर निस्केर अभिभावकलाई केही विद्यार्थी क्वारेन्टिनमा बस्नुपर्ने जानाकारी गराएका थिए ।

रातभर विद्यालयमा बस्नुपर्ने विद्यार्थीका लागि आवश्यक कपडा ल्याउन उनले अभिभावकलाई अनुरोध गरेका थिए । अर्को दिन कोभिडको नतिजा सार्वजनिक भएपछि मात्र उनीहरुलाई बाहिर आउन अनुमति दिइने उनीहरुले बताएका थिए ।

३५ विद्यार्थीलाई रातभर क्वारेन्टिनमा राखिएको थियो । सम्पूर्ण शिक्षक, विद्यार्थी र कर्मचारीको परीक्षण गरिएको थियो । अहिले विद्यालयलाई अस्थायी रुपमा बन्द गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : ०४ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर