‘चीनसँग २०३० सम्म १ हजार आणविक हतियार’ « Khabarhub

‘चीनसँग २०३० सम्म १ हजार आणविक हतियार’


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।

रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आणविक हतियार हुनेछ । चीनले आणविक हतियारको सख्ंयालाई सन् २०३० मा १ हजार पुर्‍याउने प्रतिवेदनमा उल्लेख छ ।

‘जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

पछिल्लो समयमा अमेरिका, रसिया र चीनबीच आणविक होड चलेको छ । एक साताअघि मात्र चीनले आवाजभन्दा चाँडो पुग्ने आणविक हतियार परीक्षण गरेको थियो । चीनको परीक्षणपछि परम्परागत प्रतिद्वन्द्वी मुलुक अमेरिका झस्किएको थियो ।

यो होडमा उत्तर कोरिया पनि जोडिएको छ । प्रतिबन्धबाबजुद उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको विश्व समुदायले बताउँदै आएको छ । उत्तर कोरियाको एक महिनामै तीन ओटा आणविक परीक्षण गरेको छ । एजेन्सी

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ३ : १२ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा