उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत « Khabarhub

उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

विभिन्न कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्दै कक्षा स्तरोन्नति गर्ने १० छात्र/छात्रालाई तिहारको देउसी समापन समारोहमा शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो ।

कक्षा ४ मा प्रथम स्थान प्राप्त गर्ने सजना राई, कक्षा ३ मा प्रथम स्थान प्राप्त गर्ने भावना राई, कक्षा २ मा प्रथम स्थान प्राप्त गर्ने यशोदा राई र कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने रजिन राईलाई पुरस्कृत गरिएको छ ।

यस्तै, कक्षा ५ मा दोस्रो स्थान प्राप्त गर्ने सिलसिला राई, कक्षा ४ मा दोस्रो स्थान प्राप्त गर्ने माइकल राई, कक्षा २ मा दोस्रो हुने उत्तम राई, कक्षा ९ मा तेस्रो स्थान प्राप्त गर्ने दिलीप राई, कक्षा ५ मा तेस्रो स्थान प्राप्त गर्ने आशिका राई र कक्षा १ मा तेस्रो स्थान प्राप्त गर्ने एनिसा राईका अभिभावकलाई सम्मान गरिएको छ । पुरस्कृत बालबालिका च्यास्मीटार मावि र कालिका प्रावि बाहुनीडाँडामा अध्ययनरत छन् ।

बालबच्चालाई विद्यालय नपठाउने अभिभावकको चेतना अभिवृद्धिका लागि उत्कृष्ट छात्र/छात्रालाई सम्मान गरिएको अभिभावक खबिराज राईले बताए ।

उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र/छात्रालाई च्यास्मीटार माविका प्रअ तेजकुमार राई, शिक्षक जीवराज राई, च्यास्मीटार महिला कृषि सहकारी संस्थाका अध्यक्ष अमृता राई, अभिभावक एवं युवा नेता रसकुमार राईले अविरलगाएर कापी र डटपेन प्रदान गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ३१ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर