एमालेको १०औँ महाधिवेशन केन्द्रित अपानि-१४ जारी (पूर्णपाठसहित) « Khabarhub

एमालेको १०औँ महाधिवेशन केन्द्रित अपानि-१४ जारी (पूर्णपाठसहित)


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले सात दिनको अन्तरालमा १०औँ महाधिवेशन केन्द्रित अर्को अन्तरपार्टी निर्देशन (अपानि-१४) जारी गरेको छ ।

एक सातअघि कात्तिक १४ मा जारी अपानि-१३ ले केही अस्पष्टता बढाएको भन्दै अपानि-१४ मा महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटको प्रावधानलाई स्पष्ट पारिएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न अपानि-१४ मार्फत निर्देशन दिइएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ ।

यही कात्तिक २७ गते देशभरका भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशीताका आधारमा एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो ।

हेर्नुहोस् पूर्ण पाठ

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ९ : ४४ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा