एम्बुलेस दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते « Khabarhub

एम्बुलेस दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाइते


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : ०१ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा