मुन्सी प्रेमचन्द्रका केही अमर वाणीहरू « Khabarhub

मुन्सी प्रेमचन्द्रका केही अमर वाणीहरू


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) विद्वान् हुँदैमा मानिसले आत्मिक गौरव प्राप्त गर्न सक्दैन । त्यसका लागि सद् चरित्र हुनु परमावश्यक छ । चरित्रको अगाडि विद्वत्ताको मूल्य ज्यादै कम छ ।

२) मातापिताको सदाचार, परिवारप्रतिको व्यवहार, घरको पवित्रताबाट बालकको चरित्र निर्माण हुन्छ ।

३) चोर दण्डबाट मात्र बच्न चाहन्न, ऊ त अपमानबाट बच्न चाहन्छ । ऊ दण्डबाट त्यति डराउन्न जति अपमानबाट डराउँछ।

४) अन्य यात्राको जस्तै विचारका यात्राको पनि बिसौनी हुन्छन् र तपाईं एउटा बिसौनीलाई छोडेर अर्काे बिसौनीसम्म जान सक्नुहुन्न । मानव जीवनको इतिहास यसैको प्रत्यक्ष प्रमाण हो ।

५) मान–सम्मान त्यतिखेरसम्म छ जतिखेरसम्म अरुको अगाडि सहयोगका लागि हात थापिन्न ।

६) कसैलाई पनि अर्काको श्रममाथि मोटाउने अधिकार छैन । कर्म गर्नु नै प्राणी मात्रको धर्म हो ।

७) भारतको उद्धार भारतका जनतामा निर्भर छ । जनतामा योग्यता अनुसार यो भावना पैदा गर्नु प्रत्येक देशवासीको परमधर्म हो ।

८) रगतका सुकेका दाग रंगका दाग बन्दछन् त ताजा रगतले त स्वयम् पुकारा गर्दछ ।

९) मानिसलाई आफ्ना मुखबाट आफ्नो भलो–कुभलो सुन्ने जति लालसा हुन्छ, त्यति अरुबाट हुँदैन । त्यसमा पनि आफ्ना दाजुभाइ त जति दुष्ट भए पनि ती त आफ्नै हुन् । आफ्नो भागका लागि त सबै झगडा गर्दछन् तर यसबाट रगत त बाँडिदैन ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया