१) विद्वान् हुँदैमा मानिसले आत्मिक गौरव प्राप्त गर्न सक्दैन । त्यसका लागि सद् चरित्र हुनु परमावश्यक छ । चरित्रको अगाडि विद्वत्ताको मूल्य ज्यादै कम छ ।
२) मातापिताको सदाचार, परिवारप्रतिको व्यवहार, घरको पवित्रताबाट बालकको चरित्र निर्माण हुन्छ ।
३) चोर दण्डबाट मात्र बच्न चाहन्न, ऊ त अपमानबाट बच्न चाहन्छ । ऊ दण्डबाट त्यति डराउन्न जति अपमानबाट डराउँछ।
४) अन्य यात्राको जस्तै विचारका यात्राको पनि बिसौनी हुन्छन् र तपाईं एउटा बिसौनीलाई छोडेर अर्काे बिसौनीसम्म जान सक्नुहुन्न । मानव जीवनको इतिहास यसैको प्रत्यक्ष प्रमाण हो ।
५) मान–सम्मान त्यतिखेरसम्म छ जतिखेरसम्म अरुको अगाडि सहयोगका लागि हात थापिन्न ।
६) कसैलाई पनि अर्काको श्रममाथि मोटाउने अधिकार छैन । कर्म गर्नु नै प्राणी मात्रको धर्म हो ।
७) भारतको उद्धार भारतका जनतामा निर्भर छ । जनतामा योग्यता अनुसार यो भावना पैदा गर्नु प्रत्येक देशवासीको परमधर्म हो ।
८) रगतका सुकेका दाग रंगका दाग बन्दछन् त ताजा रगतले त स्वयम् पुकारा गर्दछ ।
९) मानिसलाई आफ्ना मुखबाट आफ्नो भलो–कुभलो सुन्ने जति लालसा हुन्छ, त्यति अरुबाट हुँदैन । त्यसमा पनि आफ्ना दाजुभाइ त जति दुष्ट भए पनि ती त आफ्नै हुन् । आफ्नो भागका लागि त सबै झगडा गर्दछन् तर यसबाट रगत त बाँडिदैन ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रतिक्रिया