फोटोनका स्कुल भ्यानमा छन् यस्ता आकर्षक फिचर « Khabarhub

फोटोनका स्कुल भ्यानमा छन् यस्ता आकर्षक फिचर


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लग्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ ।

ISF 2.8 क्युमिंस जडित ईञ्जिन भएको स्कुल भ्यानमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो स्कुल भ्यान सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ।

विद्यार्थीलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन् साथै बिद्यालय र विद्यार्थीको सुविधालाइ ध्यानमा राखेर अन्य एसेसोरिज पनि थप्न सकिने कम्पनिले जनाएको छ ।

आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा AC भेन्ट र सिट बेल्ट रहेको छ । भ्यानमा आरामदायी सेमि रिक्लाइनिङ सिट रहेका छन् भने सुरक्षालाइ ध्यानमा राख्दै एयर ब्याग पनि रहेको छ ।

भ्यानमा सामान राख्नको लागी पर्याप्त ठाँउको साथै व्याग समेत राखेर आरामसगँ बस्न मिल्ने व्यबस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालभर १० वटा भन्दा बढी सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ०८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति