कुमारी बैंकले ल्यायो ईएमआईमा फोन लोन भुक्तानी गर्न सकिने सुविधा « Khabarhub

कुमारी बैंकले ल्यायो ईएमआईमा फोन लोन भुक्तानी गर्न सकिने सुविधा


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ ।

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्‍याउने हेतुले गतवर्षदेखि फोनलोन सुविधा संचालनमा ल्याएको थियो ।

यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन ईएमआई सुविधा संचालनमा ल्याएको हो ।

कुमारी बैंक लि.मा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।

सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बताए ।

यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्केन गरी सो को ‘वाई नाउ’ र ‘पे लेटर’ अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ०५ बजे

दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र

धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम– धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी– लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा