जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मत्यु भएको हो । मुसीकोट- २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएको थियो ।

प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसीकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको थियो । घाइते भएर नेपालगन्ज पठाइएकामा मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ३१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक