अछामका न्यायिक समितिमा उजुरीको संख्या बढ्दै, सबै मिलापत्रमा टुंग्याइँदै | Khabarhub Khabarhub

अछामका न्यायिक समितिमा उजुरीको संख्या बढ्दै, सबै मिलापत्रमा टुंग्याइँदै


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामका स्थानीय तहका न्यायिक समितिमा उजुरीको संख्या बढ्न थालेका छन् ।

धेरैजसो मुद्दा तथा उजुरी मेलमिलापको माध्यमबाट फर्स्योट हुने भएकाले आमनागरिकको विश्वास र भरोसा बढेको साँफेबगर नगरपालिकाका न्यायिक समिति संयोजक विमलादेवी बुड्थापा बताउँछिन् ।

चार वर्षमा साँफे नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म ३३ वटा उजुरी परेको छ । न्यायिक समितिमा आएका उजुरीमध्ये अधिकांश घरेलु हिंसा सम्बन्धित छन् । आर्थिक वर्ष ०७४/०७५ मा ७ वटा, ०७५/०७६ मा ६ वटा उजुरी आएका थिए ।

अघिल्लो आर्थिक वर्षमा ६ वटा उजुरी आएकोमा गतआर्थिक वर्षमा १३ वटा उजुरी न्यायिक समितिमा उजुरी आएको थिए । ३३ वटा उजुरीमध्ये २७ वटा उजुरी फर्स्योट भएका छन् । बाँकी ६ वटा उजुरी फर्स्योट गर्ने बाँकी रहेका उनको भनाइ छ ।

विशेष गरी घरझगडा तथा साँधसिमाना, जग्गा विवादका गुनासा न्यायिक समितिमा आउने गरेको उनले बताए । हालसम्म नगरको न्यायिक समितिमा आलिधुरका १० वटा, घरेलु हिंसाका नौ, सम्बन्ध विच्छेदका एक, गालीबेइज्जतीका दुई, ज्याला मजदुरी नदिएका दुई, कुटपिटका दुई, श्रीमानले खान नदिएको दुई, आर्थिक लेनदेनका चारवटा मुद्दा आएको नगर उपप्रमुख बुड्थापाको भनाइ छ । सम्बन्ध विच्छेदको मुद्दालाई अदालत पठाएको उनले जानकारी दिइन् । कानुनी सहजकर्ताको स्थायी दरबन्दी नभएका कारण काम गर्न असहज भएको उनको गुनासो छ ।

मंगलसैन नगरपालिकाको न्यायिक समितिमा ३९ वटा उजुरी आएको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख सरिता उपाध्यायले जानकारी दिइन्। ३९ मध्ये २७ वटा उजुरी फर्स्योट भएको छ भने १३ उजुरी बाँकी रहेको उनले बताइन् ।

नगरपालिकामा अर्काको जग्गा भोगचलनसम्बन्धी सात, गाली बेइज्जतीका २१, बालीबिगोका दुई, लेनदेनका तीन, ध्वनि प्रदूषणसम्बन्धी एक, संरचना निर्माणसम्बन्धी पाँचवटा उजुरी परेको उनले जानकारी दिइन् ।

पालिकाका पाँच स्थानमा मेलमिलाप केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने पालिकामा ४२ जना मेलमिलापकर्तालाई तालिम दिइएको नगर उपप्रमुख उपाध्यायले जानकारी दिइन् ।

पञ्चदेवल नगरपालिकामा १९ वटा उजुरी परेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिइन् । उनका अनुसार आव २०७५-७६ मा १० वटा र २०७६-७७ मा पाँचवटा उजुरी आएकामा सबै मेलमिलापको माध्यमबाट फर्स्योट भएका छन् । २०७७-७८ मा चारवटा उजुरी परेकोमा तीनवटा मेलमिलापको माध्यमबाट फर्स्योट भएको छ । एउटा टुंग्याउन बाँकी छ ।

चौरपाटी गाउँपालिकामा १२ वटा उजुरी परेको गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले जानकारी दिइन् । उनका अनुसार आव २०७५-७६ मा चारवटा, २०७६-७७ मा तीनवटा उजुरी आएकामा सबै मेलमिलापको माध्यमबाट फर्स्योट भएका छन् ।

गत आव २०७७-७८ मा चारवटा उजुरी परेकोमा तीनवटा फर्स्योट भएको छ । एउटा फर्स्योट हुन बाँकी छ । यो आर्थिक वर्षमा एउटा उजुरी परेको र फर्स्योट हुन बाँकी रहेको न्यायिक समिति संयोजक कुँवरले जानकारी दिइन् । न्यायिक समितिमा आएका सबै उजुरी मेलमिलापमार्फत निरुपण गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १ : २५ बजे

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८०

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत्

विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु

एजेन्सी – भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

गण्डकी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका