दक्षिण अफ्रिकाका अस्पताल कोभिड बिरामीले भरिए « Khabarhub

दक्षिण अफ्रिकाका अस्पताल कोभिड बिरामीले भरिए


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् ।

अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापोसाले सम्पूर्ण नागरिकहरुलाई खोप लगाउन
आह्वान गरेका छन् ।

यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय संस्था (एनआइसीडी) का अनुसार पछिल्लो समयमा संक्रमणमा भएको बृद्धि अप्रत्यासित हो । देश कोभिडको चौथो लहरमा प्रवेश गरिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । ‘दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीको संख्या दोब्बरले बढेको छ,’ संक्रमक रोग विज्ञ इयान साने भन्छन् ।

संक्रमितको संख्यामा बृद्धि भएकाले त्यसका लागि तयारी हुन उनले अस्पताललाई आग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

दक्षिण अफ्रिकाको मेडिकल रिसर्च काउन्सीलका प्रमुख डा.फरिद अब्दुल्लाहले जोहेनसवर्ग र तास्वानेमा अस्वभाविक रुपमा संक्रमित बढेको बताएका छन् । देशकै सबैभन्दा ठूला सहर रहेको गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

अधिकांश विरामीले खोप नलगाएको र डरलाग्दो संख्यामा बालबालिका संक्रमित भएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : २५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या